+
+

सप्तकोशीको बाढीले गोबरगाढामा दुई घर भत्कायो, तीन दर्जन घर डुबानमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १८:०७

४ भदौ, सप्तरी । टापूको रुपमा परिचित सप्तरीको गोबरगाढामा सप्तकोशी नदीको बाढी पस्दा दुईवटा घर बगाएको छ । चार दर्जनभन्दा बढी घर डुबानमा परेका छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा रहेको गोबरगाढामा सप्तकोशी नदीको पानी पस्दा दुई जनाको घर भत्केको र ४० वटा घर डुबानमा परेका छन् । वडाध्यक्ष विन्देश्वर यादवले स्थानीय हरि यादव र शत्रुधन यादवको घर बाढीका कारण भत्केको छ ।

लगातारको वर्षाका कारण सप्तकोशी नदीमा आएको बाढीले शुक्रबार बस्ती नै डुबानमा परेको उनले बताए ।

सप्तकोशी नदीको बीचमा गोबरगाढाको बस्ती रहेको छ । उक्त बस्तीलाई अन्यत्र सार्ने प्रयास गरे पनि यहाँका बासिन्दा मानेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment