
४ भदौ, काठमाडौं । बाढी, पहिरो जस्ता प्रकोपमा हवाई उद्धार गर्दा नेपाली सेनाले एक करोड ८१ लाख रुपैयाँ लिएको छ ।
महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा नेपाली सेनाले विपद् व्यवस्थापन कोषबाट यो रकम भुक्तानी लिएको हो ।
नेपाली सेनाले आफ्ना हवाई साधन प्रयोग भएवापत प्रतिघन्टाका दरमा रकम लिँदै आएको छ ।
प्रतिवेदन अनुसार यो आर्थिक वर्षमा कोषको ८ करोड ३५ लाख रुपैयाँ निकासा भएको थियो । त्यसमध्ये भूकम्प दिवस मनाउन १२ लाख रुपैयाँ खर्च भएको छ भने प्रकोप न्यूनिकरण कार्यक्रममा ५ लाख रुपैयाँ खर्च भएको छ ।
वर्षान्तमा कोषमा एक अबृ ४८ करोड ५१ लाख रुपैयाँ बाँकी रहेको भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4