+
+

२० युनिटसम्म खपत गर्ने उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क बिजुली : मन्त्री भुसाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ४ गते १९:५३
फाइल तस्वीर

४ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई डेढ महीनाभित्र निःशुल्क विद्युत उपलब्ध गराउने बताएकी छन् । गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले उक्त निर्णय गराएको भन्दै उनले यसलाई डेढ महिनाभित्र कार्यान्वयनमा ल्याउने बताइन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री भुसालले त्यसका लागि विद्युत प्राधिकरणसँग आवश्यक सबै प्रक्रिया पूरा गरिसकेको र विद्युत नियमन आयोगले निर्णय गरेपछि कार्यान्वयनमा आउने जानकारी दिइन् ।

‘२० युनिटसम्म विद्युत बाल्ने कति छन् ? भनेर मैले सम्बन्धित निकायसँग रेकर्ड मागे । त्यो अहिले विद्युत प्राधिकरणमा २३ लाख र अन्य निजी क्षेत्रमा साढे ५ लाख घर परिवार रहेछन् । उनीहरुलाई २० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउन मैले नेपाल विद्युत प्राधिकरणको सामाजिक उत्तरदायित्व फण्डबाट व्यवस्थापन हुने गरी निर्णय गराएको छु,’ उनले भनिन्, ‘प्रतिघर परिवारको सरदर ५ जना सदस्यको दरले करीब १ करोड ४० लाख जनसंख्यालाई २० प्रतिशत युनिट विद्युत निःशुल्क उपलब्ध गराउने निर्णय गराएको छु ।’

मन्त्री भुसालले गरिबी र अभावमा रहेका जनताको जीवनस्तर नउठेका कारण नेता र राजनीतिक दलहरु आलोचनाको पात्र बन्न पुगेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?