
४ भदौ, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएका छन् । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो ।
हेडवर्क्स तथा सुरुङ निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले किनेका यी गाडीमध्ये १० वटा प्राडोसहित २७ वटा गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई विवरण दिइएको छ ।
आयोजना निर्माण र सुपरभिजनमा प्रयोग गर्नुपर्ने यी गाडी आफ्नो नाममा दर्ता गरी मर्मत र संचालन गर्न एक मोटर्स कम्पनीले निवेदन समेत दिएको पाइएको छ ।
यसबारे विवाद अलालतमा विचाराधिन अवस्थामा रहेको समेत महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4