+
+

प्रेस चौतारीले चितवनमा दुई पत्रकारलाई पुरस्कार दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ५ गते १८:३५

५ भदौ, चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ ।

प्रेस चौतारी चितवनको शनिबार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढी, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो ।

सो पुरस्कारका लागि पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको तीन सदस्यीय समिति गठन गरिएको छ ।

सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्ने प्रेस चौतारी चितवनले जनाएको छ । दुई पत्रकारले जनही १०/१० हजार रकम पुरस्कार पाउनेछन् ।

एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?