
५ भदौ, काठमाडौं । ललितपुर महानगरपालिका र जुम्लाको चन्दननाथ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । विकासका योजना र अनुभव आदान प्रदान गर्ने उद्देश्यले दुई स्थानीय तहबीच भगिनी सम्बन्ध कायम राख्न समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र चन्दननाथ नगरपालिकाको तर्फबाट नगरप्रमुख कान्तिका सेजुवालले भगिनी सम्बन्ध (सिस्टर सिटी रिलेसन) समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए ।
अब ललितपुर महानगर र चन्दननाथ नगरपालिकाबीच योजना तथा कार्यक्रमको आदानप्रदान, संस्कृति, परम्परा संरक्षण गर्ने तरिका तथा अन्य क्षेत्रका अनभुव र सीप साटासाट हुने ललितपुर नगरप्रमुख महर्जनले बताए ।
चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालको प्रस्तावमा ललितपुर महानगरले भगिनी सम्बन्ध जोडेको हो । विश्वका अन्य मुलुकसँग भगिनी सम्बन्ध कायम राखेपनि ललितपुरले देशभित्रका अन्य स्थानीय तहसँग यस अघि भगिनी सम्बन्ध कायम राखेको थिएन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4