
६ भदौ, धादिङ । दीपेश कँडेलको अध्यक्षतामा नेपाल क्रिकेट संघ, धादिङको तदर्थ समिति गठन भएको छ ।
धादिङबेसीस्थित क्रिक रिसोर्टमा आइतबार भएको भेलाले कँडेलको अध्यक्षतामा १५ सदस्यीय जिल्ला तदर्थ समिति र देवराज घलानको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
जिल्ला तदर्थ समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दीप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा रामबहादुर रानामगर चयन भएका छन् । यस्तै सदस्यहरुमा सम्भावी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिल अधिकारी, सन्तोष पाण्डे, रविन्द्र सापकोटा, दीपेन्द्र शाह र सुमन श्रेष्ठ रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4