+
+

एसियन युथ एण्ड जुनियर बक्सिङ : कुवेती बक्सरलाई हराउँदै नेपालका छिरिङले पक्का गरे पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ६ गते २१:१८

६ भदौ, काठमाडौं । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वाङ्दी शेर्पाले कुवेती बक्सरलाई पराजित गर्दै मेडल पक्का गरेका छन् ।

जुनियर इभेन्टतर्फ आइतबार भएको खेलमा छिरिङले कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । ब्यान्टम ५४ केजीतर्फको क्वाटरफाइनल खेलमा वाङ्दीले कुवेती बक्सरलाई ५-० ले हराए ।

सेमिफाइनल पुगेपछि छिरिङले कम्तीमा पदक पक्का गरेको नेपालका प्रशिक्षक दीपक महर्जनले बताए । छिरिङले अब भोली सेमिफाइनलमा खेल्ने महर्जनले बताए ।

जुनियरतर्फ नै गर्लस ५२ केजीमा नेपालकी स्वस्तिकाले पनि पदक पक्का गरिसकेकी छन् । उनी सम्मलित इभेन्टमा जम्मा ४ खेलाडी मात्र छन् ।

च्याम्पियनसिपमा युथतर्फ नेपालका चार खेलाडी सहभागि छन् । जसमा दुई खेलाडी भने पराजित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?