
८ भदौ, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका भित्र जान अब खोप अनिवार्य लगाएको हुनुपर्ने छ । स्थानीय खुम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले वायुसेवा कम्पनीहरुलाई पत्र काट्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन् ।
उनका अनुसार हवाईमार्ग प्रयोग गरि गाउँपालिका भित्र जाने सबैले कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको हुनुपर्छ । दोस्रो डोज नलगाएको भएमा भने पिसिआर परीक्षण गरि नेगेटिभ रिर्पोट अनिवार्य बोक्नुपर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ ।
यस गाउँपालिकाभित्र ९८ प्रतिशत नागरिकले खोप लगाइसकेको समेत गाउँपालिकाले जनाएको छ । यो सगरमाथा रहेका गाउँपालिका हो । असोज-कात्तिकमा पदयात्राको प्रयोजनमा हजारौं पर्यटक यस भेगमा पुग्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4