+
+

रोजगारीका लागि देश छाड्नेहरुको भिड

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते ८:२३

८ भदौ, काठमाडौं । रोजगारीका लागि देश छाड्नेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड लागेको छ । यो तस्वीर मंगलबार बिहान विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलतर्फको हो ।

दर्जनौं युवाहरु विदेश उड्नका लागि विमानस्थल प्रवेश गर्न लाम लागेका छन् । यो भिडमा कोरोना संक्रमणबाट जोगिन अपनाउनुपर्ने भौतिक दुरी पनि कायम भएको देखिंदैन ।

उनीहरु अधिकांश खाडी मुलुक जान लागेकाहरु हुन् । स्वदेशमै रोजगारीको ग्यारेन्टी नभएपछि देश र परिवार छाड्न बाध्य भएको ती युवाहरुको गुनासो छ ।

वैदेशिक रोजगारीका लागि जानेहरुको यस्तो भिड दैनिकजसो लाग्ने विमानस्थलका कर्मचारीहरु बताउँछन् । विदेश जानेहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य गरिएको छ । यसअघि टेकु अस्पतालबाट खोप लगाएको प्रमाणपत्र लिनेहरुको भिड पनि अचाक्ली देखिएको थियो ।

कोरोना संक्रमणका कारण वैदेशिक रोजगारी प्रभावित भएको थियो । गत वर्ष असारदेखि वैदेशिक रोजगारीमा जाने क्रम भदौदेखि पुनः सुरु भएको थियो । तर दोस्रो लहरका कारण अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि फेरि नेपालीहरु विदेश जान पाएका थिएनन् । हाल कोरोनाविरुद्धको खोप लगाएको प्रमाणसहित रोजगारीमा आउन अनुमति दिएपछि फेरि विदेश जानेक्रम बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?