
विश्वभर तीव्र गतिको इन्टरनेट पुर्याउनका लागि एलन मस्कको इन्टरनेट कम्पनी स्पेस एक्सले अन्तरिक्षमा १२ हजार स्टारलिंक स्याटेलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसमध्ये १५ सय स्याटेलाइट त प्रक्षेपण भैसकेका छन् ।
तर अन्रीक्षमा यति ठूलो संख्यामा स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्नुको खराब नतिजा के हुनसक्दछ भन्ने सुरुआती झलक देखा परिसकेको छ ।
एक अध्ययन अनुसार अन्तरिक्षमा दुईवटा स्याटेलाइटजन्य वस्तुहरु आमने सामने हुने वा ठक्कर खाने घटनामध्ये आधाजसोमा स्पेस एक्सका स्याटेलाइट नै संलग्न हुने गरेका छन् ।
स्याटेलाइट अपरेटरहरुले अन्तरिक्षमा रहेका आफ्ना स्याटेलाइटहरु अन्य अन्तरिक्षयान तथा त्यसका टुक्राहरुसँग ठक्कर नखाउन् भनेर लगातार त्यसको निगरानी गरिरहनु पर्दछ ।
साउथह्याम्पटन विश्वविद्यालयको एक अध्ययन अनुसार सयौँ स्टारलिंक स्याटेलाइटहरु पृथ्वीको कक्षमा छन्, जसले अन्य स्याटेलाइट वा अन्तरिक्ष फोहोरका टुक्राहरुसँग ठक्कर खाने आशंका बढ्दछ ।
शोधकर्ताहरुका अनुसार हरेक हप्ता औसतमा १६ सय यस्ता घटनामा स्टारलिंकका स्याटेलाइट नै संलग्न हुने गरेका छन् । कतिपय अवस्थामा छ यी स्याटेलाइट अन्यसँग मात्र १ किलोमिटरको दूरीमा आउँछन् ।
स्पेस डटकम को रिपोर्ट अनुसार दुईवटा अन्तरिक्षयान ठक्कर खाँदा यतिधेरै टुक्राटाक्री निस्किन्छन् कि त्यसले आसपासका अन्य स्याटेलाइटलाई पनि खतरा पैदा हुन सक्दछ ।
एस्ट्रोनटिक्स रिसर्च ग्रुपका ह्यू लुइसले यस विषयमा तथ्यांक विश्लेषण गरेका छन् । उनका अनुसार स्टारलिंक प्रक्षेपणसँगै खतरनाक प्रवृत्ति देखिइरहेको छ । सन् २०१९ को मे देखि उनले विश्लेषण सुरु गरेकामा घटनाहरु दोब्बरले बढेको पाइएको छ ।
तथ्यांक अनुसार स्टारलिंक स्याटेलाइट हरेक हप्ता औसतमा ५०० पटक अन्य स्याटेलाइट, यान वा वस्तुको निकै नजिक आउने गरेका छन् । त्यस्तै बेलायतको Oneweb का २५० टा स्याटेलाइट पनि यसैगरी नजिकिने गरेका छन् । स्टारलिंक स्याटेलाइटको संख्या बढेसँगै यो समस्या गहिरिएको उनको भनाइ छ ।
एजेन्सी
प्रतिक्रिया 4