+
+

माधव नेपालसँग नगएका नेताहरु एमाले स्थायी कमिटी बैठकमा जान तयार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १४:४६

८ भदौ, काठमाडौं । नेकपा एमालेका ९ जना स्थायी कमिटी सदस्यहरु झण्डै ६ महिनापछि पार्टी बैठकमा जाने भएका छन् ।

सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलाबाट पुनर्स्थापित एमाले एकजुट हुन सकेको छैन । २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षको मात्र बैठक राखेर एकलौटी निर्णय गरेपछि माधवकुमार नेपाल समूहले समानान्तर गतिविधि गर्दै आएको थियो ।

नेता नेपालले २ भदौमा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । तर लामो समय उनीसँग रहेका स्थायी कमिटीका अधिकांश नेता नयाँ पार्टीमा गएनन् । स्थायी कमिटीका ९ जनाले केन्द्रीय सदस्यहरुसँग छलफल गरेर १० बुँदे सहमति कार्यान्वयन र नयाँ पार्टी दर्ताको प्रक्रिया रोक्न माग गरेका थिए ।

सोमबार भएको छलफलमा अध्यक्ष ओली १० बँदे सहमति कार्यान्वयन गर्न सहमत भएका छन् । त्यसअनुसार एमाले स्थायी कमिटीको बैठक अहिले केहीबेरमा बस्दैछ ।

बैठकमा उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य, स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?