+
+

अन्तर निकाय समन्वयमा सीमा सुरक्षा मजबुत बनाउन आईजीपीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १४:४४

८ भदौ, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् ।

सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना सार्वजनिक भइरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा प्रहरी चौकीका ईञ्चार्जहरुलाई थापाले विशेष निर्देशन दिएका हुन् ।

मंगलबार भिडियो कन्फरेन्समार्फत उनले सीमामा हुने घटनालाई न्यूनिकरण गर्न अन्तर निकाय समन्वयमा जोड दिए ।

‘सीमापार सम्बन्धलाई उत्कृष्ट बनाएर पारस्परिक हितर्लाइ संस्थात हितमा उपयोग गर्नुपर्छ’ थापाले भने, ‘प्राप्त प्रहरी जनशक्तिलाई उचित व्यवस्थापन गर्दै अन्य सुरक्षा निकायसँग समन्वयमा सीमामा हुने अपराध न्यूनिकरणका लागि दत्तचित्त भएर लाग्नुस् ।’

थापाले सीमामा खटिने प्रहरी कार्यालय प्रमुखहरुले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी वहन गर्दै सीमा अपराध, लागूऔषध कारोबार तथा तस्करीलाई पूर्णरुपमा निस्तेज पार्नुपर्ने पनि बताए ।

उनले प्रहरी कर्मचारीहरुलाई सामाजिक हैसियतको ख्याल राखी मिठो बोली बचन, इमान र पूर्ण व्यावसायिकताका साथ संगठनप्रति उत्तरदायी हुन पनि निर्देशन दिए ।

सीमा सुरक्षाको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलको हो । तर प्रहरीले सीमामा हुने अपराधिक गतिविधिको न्युनिकरणको जिम्मेवारी सम्हाल्दै आएको छ, त्यसका लागि सीमामा प्रहरीका ४३ वटा सीमा सुरक्षा चौकी छन् ।

सीमामा हुने विभिन्न हेर्दा नेपाली सेनामा पनि छुट्टै संरचना छ । यद्यपि अन्तर्राष्ट्रिय प्रचलन अनुरुप सेनाको उपस्थिति सीमामा छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?