
फाइल तस्वीर
८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा भौतिक उपस्थितिमै गोष्ठी, सेमिनार लगायतका क्रियाकलाप गर्न पाइने भएको छ ।
मंगलबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप गर्न पाउने निर्णय गरेको हो ।
यसअघि समूहमा सञ्चालन हुने यस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट मात्रै गर्न पाउने प्रावधान थियो ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्ने । भौतिक उपस्थितिमा गर्नुपर्ने भएमा बढीमा २५ जनासम्मको सहभागिता हुने गरी भौतिक दुरी तथा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सक्ने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4