+
+

झगडा मिलाउन गएका व्यक्तिको हत्या आरोपमा चार जना पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १५:४१

८ भदौ, विराटनगर । मोरङको मिक्लाजुङमा पारिवारिक झगडा मिलाउन गएका एक व्यक्तिको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । छिमेकमा भएको घरझगडा मिलाउन गएका मिक्लाजुङ गाउँपालिका–७ का ४३ वर्षीय धनराज लिम्बुको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–६ भण्डारी टोल बस्ने ३३ वर्षीय रविन तामाङ, २५ वर्षीय सञ्जय तामाङ, ३० वर्षीय आइतराज तामाङ र ४० वर्षीय भाग्य बम्जन (तामाङ) छन् । रविन आइतराज र सञ्जय दाजुभाइ हुन् । बम्जन रविनका जेठान हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिक्लाजुङ–६ का ३३ वर्षीय रविन तामाङ र उनकी श्रीमती निरुताबीच भदौ ३ गते बेलुका झगडा भएको थियो । उनीहरुलाई सम्झाउन भन्दै रविनका जेठान भाग्य बम्जन, दुर्गाबहादुर कार्की र मृतक लिम्बु रविनको डेरा पुगेका थिए ।

बम्जन मासु पसल चलाउँछन् । पसलमा आएका कार्की र लिम्बुलाई उनले साथी लिएर बहिनीको डेरामा पुगेका थिए । रविन र निरुता मिक्लाजुङ–७ भण्डारी टोलमा डेरा गरेर बस्दै आएका थिए । झगडा नगर्न आग्रह गर्दा रविन, आइतराज र सञ्जयले लिम्बु र कार्कीमाथि दाउराले कुटपिट गरेका थिए ।

पारिवारिक विवादमा बाहिरका मान्छे प्रवेश गरेको भन्दै आक्रमण भएपछि गम्भीर घाइते भएका लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम ल्याइएको थियो । अस्पतालमा शनिबार राति उनको मृत्यु भएको हो ।

कुटपिटबाट सामान्य घाइते भएका दुर्गाबहादुर भने उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा ८ दिनको म्याद थप गरिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?