+
+
Shares

स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १८:२७

८ भदौ, काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ८५ लाख ९६ हजार रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिमरा उपमहानगरपालिका-२ घर भई हाल काठमाडौंको चण्डोल बस्ने ३२ वर्षीय लक्षमण पौडेल, काठमाडौं-२४ बस्ने रिन्कु भनिने अभिशेष अग्रवाल र मधुसुधन खडका रहेका छन् ।

प्रहरीका अनुसार काठमाडौं-२२ खिचापोखरीमा शंकास्पद अवस्थामा पौडेलले बोकेको झोला खानतलासी गर्दा ३१ लाख रुपैयाँ बरामद भएको थियो । पौडेलले आफ्नो साथमा रहेको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो । पौडेलले दिएको सूचनाको आधारमा प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

होलिडे ट्रेडिङ प्राइभेट लिमिटेडका सञ्चालक समेत रहेका अग्रवालको साथबाट पनि स्रोत नखुलेको ५४ लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । अग्रवालको साथमा रहेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनको कामदार खड्कालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?