+
+

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रिया आज टुंग्याउने निर्वाचन आयोगको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ८:५१

९ भदौ, काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको छ ।

आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सामान्यता सनाखतपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिने गर्दछ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘सामान्यता अरु कुराले रोकिएन भने सनाखतपछि टुंगिनै हाल्छ । थप बुझ्नुपर्ने भएमा चाहिं निर्णय नआउन पनि सक्छ ।’

सनाखतका लागि बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले बताए ।

राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल विभाजनका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ । एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?