+
+

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते ११:३६

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याउन खोजेका छन् ।

दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment