
९ भदौ, काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादीका नेता जनन्नाथ खतिवडाले माधवकुमार नेपालको साथ छाडेर नेकपा एमालेमै बसेका नेताहरु मध्यपन्थी अवसरवादी भएको बताएका छन् ।
दल दर्ताको सनाखतका लागि निर्वाचन आयोगमा पुगेका खतिवडाले केही नेताहरुले आन्दोलनलाई एक ठाउँमा पुर्याएपछि बीचमा छाडेर हिँडेको बतँए । ‘उहाँहरुलाई सम्मान गर्दा गर्दै पनि हामीले के भन्नुपर्छ भने उहाँहरुले मध्यपन्थी अवसरवादी काम गर्नुभयो । आन्दोलनलाई डिरेल गर्ने काम गर्नुभयो । सबैलाई अर्कातिर होमेर आफू फुत्किएर अर्को सम्झौता गर्न जानुभयो’ खतिवडाले भने, ‘उहाँहरुको व्यवहारप्रति दुःख छ, तर गुनासो छैन ।’
यो प्रवृत्ति अस्थायी भएको भन्दै उनले एमालेमै बस्छौं भनेका नेताहरु चाँडै आफूहरुसँग आउने दाबी गरे ।
उनले १०बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिथ आफूलाई छल्न गरिएको भ्रमपूर्ण नाटक मात्र भएको बताए । नेकपा एकीकृत समाजवादीका नेता खतिवडा भन्छन्, ‘उहाँहरु केपी ओलीको स्वेच्छाचारी प्रवृत्तिसँग मिल्न सक्नुभन्ने हामीलाई थाहा छ । केही समय काम गर्नुहुन्छ, हामीलाई नै सहयोग पुर्याउनु हुन्छ ।’
उनले अघि भने, ‘यति सम्झनुस्, पहिलो ट्रेन छुट्यो । दोस्रो ट्रेनमा आउनुस् ।’
प्रतिक्रिया 4