+
+

गुल्मीमा व्यावसायिक अंगुर खेती गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १२:५२

९ भदौ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा व्यावसायिक अंगुर खेतीका लागि गरिएको परीक्षण सफल भएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँका कृषक प्रकाश भलामीले तीन वर्षअघि भैरहवाबाट चिनी जातको अंगुरका विरुवा ल्याएर टनेलमा लगाइएको अंगुर फलेको छ ।

अब गुल्मीमा अंगुर खेती गर्न सकिने देखिएको भलामीले बताए । उनले लगाएको अंगुरमा स्वाद पनि गुलियो र झुप्पामा अंगुर लटरम्भ फलेको छ । अंगुरका बिरुवा टनेलभित्र र बाहिर फरक–फरक ठाउँमा लगाएर परीषण गरेको उनले बताए ।

खुल्ला ठाउँमा लगाइएका भन्दा टनेलभित्र राम्रो फलेको भलामीले बताए । भलामीले पहिलो पटक ५० किलो अंगुर उत्पादन गरेका छन् ।

परीक्षणका लागि लगाएका अंगुर राम्रोसँग फलेपछि अब व्यावसायिक रुपमै नर्सरी गर्ने सोच रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?