
९ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनले जानकारी दिए ।
जसपाको पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशको बुधबार काठमाडौंमा आयोजित अभिमुखीकरणमा भट्टराईले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्ति भएको दाबी गरे ।
महन्थ ठाकुरले प्रतिगमनको मतियार बन्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएको भट्टराईले टिप्पणी गरे । भदौ १ र २ गतेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरे अनुसार सात वटै प्रदेशमा सुरु भएको पार्टी सुदृढीकरण र जनजागरण अभियानले जसपालाई उचाइमा पुर्याउने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4