+
+

अछाममा बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १७:०७
प्रतीकात्मक तस्वीर

९ भदौ, धनगढी । अछाममा बालिकालाई बलात्कार र बलात्कार प्रयास गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पञ्चदेवल विनायक नगरपालिकामा छुट्टाछुट्टै दिन दुई बालिकामाथि करणी प्रयास र करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक जनकबहादुर बोहराले बताए ।

बालिकामाथि बलात्कार गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका–६ तोलीका २४ वर्षीय जनक बटाला र २५ वर्षीय महेन्द्र रावललाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए । बटालाले भदौ ५ गते स्थानीय मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा मोटरसाइकलमा घर पुर्‍याइदिने भन्दै जंगलमा लगेर बलात्कार गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै रावलले पीडितलाई मर्का पर्ने गरी बटालालाई कसूर गर्न दुरुत्साहन गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

यस्तै भदौ ३ गते पञ्चदेवल विनायक नगरपालिका–३ को गढीकोटमा बाख्रा चराउन गएका बेला बालिकामाथि बलात्कार प्रयास गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय गोविन्द शाही पनि पक्राउ परेका छन् । पीडितले दिएको जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताए ।

पक्राउ परेका तीनैजनामाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?