+
+

ग्लोबल आइएमईको ड्राइभ उत्सव अफर, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते २०:११

ग्लोबल आइएमई बैंक लिमिटेडले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस-ड्राईभ उत्सव योजना अन्तर्गत७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा लगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत सेवाग्राहीले ७वर्षसम्मको अवधिका लागि८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) माअन्य सवारी साधन कर्जाका साथै ८.४९प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यो योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ ।

साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो ।

यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउने गरेको छ । हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?