+
+

एक सातामा १७ करोडमै सीमित ‘बेल बटम’को कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते ११:५३

नायक अक्षय कुमारका पछिल्लो केही वर्षयता रिलिज भएका चलचित्रले एक दिनमै १५ करोड माथिको कमाइ गरेका थिए । अक्षयका अधिकांश चलचित्रको कमाइ सय करोड माथि छ । अक्षयलाई चलचित्रमा राखेपछि बक्स अफिसमा उछाल आउने गर्दछ ।

तर, बलिउड चलचित्रलाई कोभिडले कतिसम्म प्रभावित बनाएको छ भन्ने कुरा अक्षय कुमारको पछिल्लो रिलिज चलचित्र ‘बेल बटम’को कमाइ हेर्दा हुन्छ ।

अक्षय कुमार, बाणी कपुर लगायतका कलाकारले अभिनय गरेको ‘बेल बटम’ले एक सातामा १७.५० करोड कमाइ गरेको छ । पहिलो दिन ३ करोड माथिको कमाइ गरेको यो चलचित्र विकेन्डपछि १ करोडको आसपासमै खुम्चियो ।

बलिउड पण्डितहरुका अनुसार, अब सबैको ध्यान चलचित्रको दोश्रो हप्ताको कलेक्शनमा गएको छ । तर, कोभिडका कारण भारतका धेरै राज्यमा अझै पनि हल खुलेका छैनन् । अर्कोतिर, दर्शकहरु चलचित्र हेर्न हलसम्म जान नै डराइरहेका छन् । यसको प्रत्यक्ष प्रभाव अक्षयको चलचित्रमाथि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?