
१० भदौ, काठमाडौं । अफगानिस्तानको काबुल एयरपोर्टबाहिर आतंकवादी आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । यद्यपि यो चेतावनीका बाबजुद मानिसहरु एयरपोर्ट बाहिर भेला भइरहेका छन् । काबुल एयरपोर्टमा अहिले विदेशी सेनाले भीडलाई नियन्त्रित गर्ने प्रयास गरिरहेका छन् भने तालिबानका लडाकुले एयरपोर्ट बाहिर सुरक्षाको निगरानी गरिरहेका छन् ।
यद्यपि तालिबानले यसअघि अफगानी नागरिकलाई एयरपोर्ट जान नदिने बताएको थियो । मानिसहरु भने तालिबानको निर्देशनका बीच एयरपोर्ट पुग्ने प्रयास गरिरहेका छन् । अफगानी नागरिक उड्डयन अधिकारीकाअनुसार अत्यधिक भीड भएको स्थानमा आत्मघाती आक्रमण हुन सक्ने भन्दै पटक-पटक दिइएको छ । तर, मानिस एयरपोर्टबाट हट्न तयार देखिएका छैनन् ।
नागरिक उड्डयनका अधिकारी भन्छन्, ‘उनीहरु मुलुकबाट बाहिर निस्किन चाहन्छन् र त्यसका लागि उनीहरु आफ्नो ज्यान दिन पनि तयार छन् । सबै आफ्नो ज्यानसँग खेलिरहेका छन् ।’
नेटोका एक कूटनीतिक अधिकारीले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानले एयरपोर्ट बाहिरको सुरक्षाको जिम्मा लिएको भए पनि इस्लामिक स्टेट आईएसबाट हुन सक्ने आतंकवादी आक्रमणलाई बेवास्ता गर्न नसकिने बताएका छन् ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4