
१० भदौ, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधनमा दु:ख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्यक्त गरेका हुन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खवरले निकै स्तव्ध भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु । pic.twitter.com/oi4lOK9uPT
— Sher Bahadur Deuba (@SherBDeuba) August 26, 2021
साथै प्रधानमन्त्री देउवाले टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4