
१० भदौ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक बिहीबार १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव ०१ अंकमा झरेको छ ।
कारोबार रकम पनि बुधबारको तुलनामा केही सुधार देखिएको छ । बुधबार १३ अर्ब पनि नपुगेकोमा बिहीबार १३ अर्ब ४२ करोड रुपैयाँ बढेको छ ।
बिहीबार विकास बैंक र हाइड्रोपावर धेरै बढेको छ । हाइड्रोपावर समूहको सव इन्डेक्स सबैभन्दा धेरै करिब ५ प्रतिशतले बढेको छ भने विकास बैंकको ४.२२ र फाइनान्स समूहको ३.८२ प्रतिशतले बढेको छ ।
यसैगरी होटल तथा पर्यटन ०.३३ प्रतिशत र माइक्रोफाइनान्स ०.६४ प्रतिशतले बढेको छ । बाँकी सबै समूहहरु १ प्रतिशत भन्दा थोरैले घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4