+
+

बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १८:५३

१० भदौ, काठमाडौं । बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ ।

विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?