+
+

लोसपा केन्द्रीय कार्यकारिणी बैठक : जनप्रतिनिधिलाई स्वघोषणा गराउनेबारे छलफल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १८:२६

१० भदौ, काठमाडौं । निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठक बसेको छ ।

बिहीबार पार्टी कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने विषयमा छलफल भएको छ ।

बैठकपछि सञ्चाकर्मीसँगको कुराकानीमा लोसपाका कार्यकारिणी समिति सदस्य केशव झाले बदलिँदो परिस्थितिसँगै जनतामा कसरी जाने भन्ने विषयमा छलफल भएको बताए । आन्तरिक रुपमा सांगठनिक संरचना कसरी बनाउने र कुन प्रक्रियामा बनाउने भन्ने विषयमा छलफल शुरु भएको उनले जानकारी दिए ।

‘दल दर्तापछि पहिलो पटक बसेको बैठकमा ३३ जना सदस्य नै उपस्थित हुनुभएको थियो, बैठकमा दल दर्ता हुने बित्तिकै २१ दिनभित्रमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउनुपर्छ । स्थानीय तहको लागि जिल्ला निर्वाचन कार्यालयमा र प्रदेश सदस्यहरुको लागि प्रादेशिक निर्वाचन कार्यालयमा एउटा अनुसूची अनुसार बनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो काम शुरु भइसक्यो, दल गठन भएको २ गते आज लगभग १० दिन त बितिसक्यो, त्यसैले २३ गतेसम्ममा स्वघोषणा गराउने तयारी हुँदैछ ।’

नेता झाले आफूहरु दलविहीन भएको अवस्थामा दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर सरकारले ठूलो सहयोग गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?