+

ह्यारी केनको दुई गोलमा टोटनहम विजयी

२०७८ भदौ  ११ गते ९:०२ २०७८ भदौ ११ गते ९:०२
ह्यारी केनको दुई गोलमा टोटनहम विजयी

११ भदौ, काठमाडौं । ह्यारी केनको दुई गोल मद्दतमा पाकोस डि फेरेइरालाई पराजित गर्दै इंग्लिस क्लब टोटनहम हट्सपर युरोपा कन्फरेस लिग (इसिएल) को समूह चरणमा स्थान बनाएको छ ।

प्ले अफ छनोटको दोस्रो लेगमा गए राति टोनहमले पाकोस डि फेरेइरालाई ३-० ले पराजित गर्दै समग्रमा ३-१ को जित हासिल गरेको हो ।

पहिलो लेगमा टोटनहम १-० ले पराजित भएको थियो ।

टोटेनहमको जितमा ह्यारी केनले दुई र जियोभानी लो सेल्सोले एक गोल उपहार गरे ।

केनले खेलको नवौं र ३५ औं मिनेटमा गोल गरे । ७०औं मिनेटमा लो सेल्सोले गोल गरे।

होटनहम हट्सपर ह्यारी केन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय