+
+

भक्तपुरको बोडेमा नाचे ‘देवता’ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १३:०४

११ भदौ, काठमाडौं । गाईजात्राको भोलिपल्टदेखि सुरु हुने भक्तपुरको प्रसिद्ध निलबाराही नाच आज शुक्रबार सकिएको छ ।

यो नाच मध्यपुर थिमि नगरपालिकाको बोडेमा चार दिन चार रातसम्म चल्छ । यसलाई बोडेको प्रख्यात जिब्रो छेड्ने र विस्केट जात्रापछिको ठूलो पर्वका रुपमा लिने गरिन्छ ।

यस नाचमा भैरव, निलबाराही, कुमारी, सिंह, द्वारपाल, क्षेत्रपाल र गणेशसहितका देवगण नाच्ने गर्छन् । नाचलाई मूल ढोकाबाट निकालेपछि विभिन्न टोलमा रहेका देवालयको परिक्रमा गराइन्छ । नाचका क्रममा देवगणहरुले केही खाँदैनन्, कसैसँग बोल्दैनन् र कहीँ बस्दैनन् ।

देवताको मुखुण्डो लगाएका देवगणहरु नाचिरहँदा घर-घरबाट पूजा गर्नेहरुको घुइँचो लाग्छ ।

मल्लकालीन समयमा मध्यपुर थिमिमा भूतप्रेत, पिशाचलगायत दानवरूपी आत्माले दुःख कष्ट दिएपछि गाईजात्राको भोलिपल्टदेखि उनीहरुको कष्टबाट छुटकारा पाउन नाचको थालनी गरिएको स्थानीयको विश्वास छ ।

तस्वीर : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment