+
+

प्रदेश १ मा तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ११ गते १७:५५

११ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका हुन् ।

उनीहरुले शुक्रबारै सपथग्रहण गरेका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका छन् भने तेह्रथुमका सांसद तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।

मन्त्रिमण्डल विस्तारका लागि शुक्रबार दिनभर छलफल भएको थियो । तर थप नाममा सहमति जुट्न नसकेपछि माधव समूह छाडेका दुई जनालाई मात्रै नियुक्त गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?