
११ भदौ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई काठमाडौंको चाबहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले विशेष छुट दिने सम्झौता भएको छ ।
मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो ।
सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ओम अस्पतालमा कुल बिलको १०.५० प्रतिशतसम्म छुट पाउनेछन् ।
यसैगरी, मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै अस्पतालले उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ प्रदान गर्ने भएको छ ।
मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै काठमाडौं लगायत देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4