+
+

अमेरिकी ड्रोन आक्रमणमा आईएस-केका योजनाकार मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते ९:२३
काबुल विमानस्थलमा खटिएका अमेरिकी सेना

१२ भदौ, काठमाडौं । अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ ।

अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको हो । आईएस-के आतंकवादी संगठन आईएसको खुरासन प्रान्तको एक भाग हो ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको आक्रमणको मूल्य आईएस-केले चुकाउनुपर्ने चेतावनी दिएका थिए । अमेरिकी सेनाले आईएस-केलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा कोही पनि सर्वसाधारणको मृत्यु नभएको बताएको छ ।

बिहीबार काबुलको विमानस्थल बाहिर भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी आईएस-केले लिएको थियो । उक्त आक्रमणमा १७० जनाको मृत्यु भएको थियो । जसमा १३ अमेरिकी सैनिक सामेल छन् । यो आक्रमणसँगै विभिन्न मुलुकले अफगानिस्तानबाट आफ्ना नागरिक उद्धारको कार्य रोकिसकेका छन् । अमेरिकाले भने आक्रमणले उद्धारको कार्य नरोकिने बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै अहिले अफगानिस्तानबाट उद्धारको काम चलिरहेको छ । पछिल्लो दुई सातामा अमेरिकाले एक लाखभन्दा धेरै मानिसलाई अफगानिस्तानबाट उद्धार गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?