+
+

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते ८:०२

१३ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा हेर्था बर्लिनलाई ५-० ले पराजित गरेको छ ।

शनिबार राति घरेलु मैदानमा एलिएन्ज एरेनामा भएको खेलमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर र जमन मुसिएलाले एक/एक गोल गरे ।

मुलरले छैटौं मिनेटमै गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । लेवान्डोस्कीले ३५औं मिनेटमा गोल गर्द अग्रता दोब्बर पारे । मुसिएलाले ४९औं मिनेटमा गोल गरे । त्यसपछि लेवान्डोस्कीले ७०औं र ८४औ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे भने बार्यनलाई शानदार जित दिलाए ।

लेवान्डवस्कीले बुण्डेसलिगामा लगातार १३औं खेलमा गोल गरेका हुन् ।

जितपछि तीन खेलबाट ७ अंक जोडेको बार्यन  दोस्रो स्थानमा छ । समान अंक रहेको बायर लेभरकुजन गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?