+
+

प्रदेश २ मा मन्त्री साह र यादवको मन्त्रालय हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १३:३०
प्रदेश २ का मन्त्री विजय यादव (बायाँ) र शैलेन्द्र साह

१३ भदौ, जनकपुरधाम । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउतले मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

साहले आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको बताए । यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी विजय यादवले सम्हालेका थिए । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार यादवलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादव जसपाका प्रदेश अध्यक्ष पनि हुन् ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको र त्यससम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालय समेतलाई बुझाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?