+
+

सबैतिर गठबन्धनको बहुमत पुग्यो, काम गर्न समस्या छैन : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १४:३५

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् ।

नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताए ।

‘प्रतिनिधि सभामा कांग्रेसका ६३, माओवादीका ४९ र हाम्रो २३ छ, यो बहुमत हो,’ उनले भने, ‘राष्ट्रियसभामा माओवादीको १३, कांग्रेसको  ७, हाम्रो ७ जना छन् । एक स्वतन्त्र र एक मनोनित छन् । ५९ मा अध्यक्षले हस्ताक्षर गर्न नपाउने भएकाले गठबन्धनको स्पष्ट बहुमत छ ।’

उनले प्रदेशहरुमा पनि पाँच दलीय गठबन्धनको बहुमत भएकाले कानूनहरु बनाउन र काम गर्न सहज हुने बताए । उनले प्रदेश र स्थानीय तहमा एमालेबाट निर्वाचित बढीभन्दा बढी प्रतिनिधिहरुलाई नयाँ दलमा आबद्ध गराउन पनि निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?