+
+

घोडा चराएर घर फर्कँदा पुलबाट खसेर बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १३ गते १५:२६

१३ भदौ, गोरखा । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित घ्याल्बो खोलामा काठे पुल तर्ने क्रममा लडेर एक व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सोही ठाउँका स्थानीय ३२ बर्षका धावा रेतर लामा रहेको प्रहरीले जनाएको छ । शनिबार दिउँसो करिव चार बजे ग्याला लेकमा घोडा चराएर घर फर्कने क्रममा काठेपुल तर्दै गर्दा उनी चिप्लिएर खोलामा खसेका थिए ।

खोजतलास गर्दा नभेटेपछि आफन्तहरुले आइतबार बिहान प्रहरीलाई खबर गरेका छन् । खबर पाएलगत्तै खोजीका लागि सामागाउँ प्रहरीचौकीबाट टोली खटिएको छ ।  स्थानीय वासिन्दाको सहयोगमा बेपत्त युवकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।

उक्त खोला मनास्लु तालबाट बगेको ठाडो खोला रहेको र घटनास्थलदेखि करिव एक सय मिटर तल बुढीगण्डकी नदीमा मिसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?