+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

गोरखा नगरपालिकाले १५ लाखमा किनेको ड्रोन स्टोरमै थन्कियो

न प्रयोग गर्ने जनशक्ति, न कुनै तयारी

विकास मरहट्टा विकास मरहट्टा
२०७८ भदौ १३ गते १७:०८

१३ भदौ, गोरखा । गोरखा नगरपालिकाले एक वर्षअघि १५ लाख रुपैयाँमा किनेको ड्रोन क्यामेरा प्रयोगविहीन भएर स्टोरमा थन्किएको छ ।

नगर क्षेत्रमा हुने विभिन्न योजनाको सर्भे तथा नक्साकंनका लागि भन्दै आर्थिक बर्ष २०७६/७७ मा गोरखा नगरपालिकाले ड्रोन खरीद गरेको थियो । २०७७ साल असार १७ गते ड्रोनको उडान परीक्षण गर्दै नगर प्रमुख राजनराज पन्तले नगर क्षेत्रमा हुने कुनै पनि योजनाको सर्भे, नक्साकंन तथा अनुगमन ड्रोनबाटै हुने बताएका थिए ।

तर उक्त ड्रोनले आजसम्म न कुनै योजनाको सर्भे गरेको छ न कुनै अनुगमन नै । प्रयोगविहीन अवस्थामा स्टोरमा थन्क्याएर राखिएको ड्रोनले व्ययभार मात्र बढाएको महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा पनि उल्लेख गरेको छ । स्थानीयस्तरमा पनि ड्रोन खरीदको विरोध भएको छ ।

प्रविधिको प्रयोगले प्राविधिक जनशक्ति घटाउने नगरपालिकाको दावी थियो । तर ड्रोन खरीदपछि पनि धेरै प्राविधिक जनशक्ति नियुक्त गरिएको छ । तर ड्रोन सञ्चालनको सीप भएका प्राविधिक नगरपालिकासँग छैन ।

कार्यालयका सूचना प्रविधि अधिकृत सुयोग खनाल सफ्टवेयरका कारण ड्रोन सञ्चालन गर्न नसकिएको बताउँछन् । ‘फोटो खिचेर ल्याउने, त्यसको जियो लोकेसनलाई एक ठाउँमा राखेर सर्भे मोडलिङको काम गर्ने एउटा सफ्टवेयर हुन्छ, त्यो नभएकाले काम गर्न सकिएको छैन,’ उनले भने । सफ्टवेयर खरीद गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले भने ड्रोनको विषयमा आफूलाई केही जानकारी नभएको बताए । ‘ड्रोन सञ्चालन गर्न के के चाहिन्छ आईटी इन्जिनियरलाई थाहा होला तर मलाई अहिलेसम्म यो चाहिन्छ भनेर केही जानकारी गराएका छैनन्,’ उनले भने ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?