
१३ भदौ, काठमाडौं । शुक्रबारदेखिको अविरल वर्षाका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख विन्दु नागढुंगामा आइतबार सर्वसाधारणले सास्ती व्यहोर्नुपर्यो ।
अविरल वर्षापछि आइतबार विहान पहिरो खस्दा नागढुंगादेखि ५०० मिटर तल चिसापानीमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यस क्रममा हजारौं गाडी जाममा परेका थिए ।
ट्राफिक प्रहरी इन्सपेक्टर त्रिभुवन थापाका अनुसार विहानदेखि अवरुद्ध भएको सडक ११ बजेतिर एकतर्फी रुपमा सञ्चालनमा आएको थियो । त्यस्तै साढे १ बजेदेखि भने दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षाका कारण जमिन गलेपछि ८-१० वटा रुखसहित पहाड नै सडकमाथि खसेको थियो ।
अहिले भने उक्त सडकमा निर्वाध रुपमा यातायात सञ्चालन भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4