+
+

एसी मिलान र रोमाको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १०:१७

१४ भदौ, काठमाडौं । इटालियन सिरी ए मादएसी मिलान र रोमाले सहज जित हात पारेका छन् । आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ ले पराजित गरेको हो ।

मिलानको जितमा ओलिभर जिरुडले दुई तथा सान्ड्रो टोनाली र राफायल लियोले एक एक गोल गरे । काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए ।

मिलानले लगातार दोस्रो जितपछि दुई खेलमा ६ अंक जोडेको मिलान चौथो स्थानमा छ ।

अर्को खेलमा रोमाले सालेर्निटानालाई ४-० गोल ले पराजित गरेको छ । रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई तथा जोर्डन भेरेटाउट र ट्यामी अब्राहमले एक एक गोल गरे।

लगातार दोस्रो जितपछि रोमाले पनि ६ अंक जोडेको छ । रोमा तेस्रो स्थानमा छ ।

यस्तै नापोलीले जेनोअलाई २-१ ले हराएर लगातार दोस्रो जित हात पारेको छ । नापोली ६ अंकसहित पाँचो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?