+
+

भान्साको कामले मानसिक तनाव कम गर्छ 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते ११:५३

विभिन्न अध्ययनले के देखाएको छ भने, भान्साको कामले कतिपय मानसिक तनाव कम गर्छ । जब तपाईं कुनै मिठो खानेकुरा बनाउने सोच्नुहुन्छ । थरीथरीका सागसब्जी तयार गर्नुहुन्छ । नयाँ नयाँ परिकार बनाउने अभ्यास गर्नुहुन्छ । तपाईंको ध्यान ति परिकारमा केन्द्रित हुन्छ । अन्यत्र ध्यान जाँदैन ।

खानेकुरा आफुले भनेजस्तै स्वादको बन्छ ? आफुले तयार गरेको परिकार खाएर अरुले के भन्छन् ? उनीहरु नयाँ स्वादमा रमाउनेछन् ?

यस्ता कौतुहलताले खुसी पनि दिन्छ ।

भान्साको काममा सबै सहभागी हुने । थरीथरीका परिकार बनाउने । कसरी परिकार स्वस्थ्य हुन्छ ? कसरी मिठो हुन्छ ? कसरी स्वादमा विविधता ल्याउन सकिन्छ ? यस्ता कुरामा रमाइलो होडबाजी गर्न सकिन्छ ।

खाना पकाउनु आफैमा कला हो । यसलाई ‘पाककला’ भनिन्छ ।

कुन खानेकुरा कसरी पकाउने ? कसरी पकाउँदा मिठो हुन्छ ? कसरी पकाउँदा छिटो हुन्छ ? कसरी पकाउँदा स्वस्थ्यकर हुन्छ ? यी ज्ञान खाना पकाउनेसँग हुन्छ ।

भान्सा भनेको हाम्रो खानाको स्रोत हो । खाना भनेको प्राण हो । खाना नै ति सम्पूर्ण स्रोत हुन्, जसले हामीलाई पोषण दिन्छ ।

त्यसो हो भने हामीले स्वास्थ्य एवं तन्दुरुस्त जीवनका लागि भान्सालाई महत्व दिनुपर्छ । यदि भान्सामा राम्रो खानेकुरा भएन, पकाउने शैली राम्रो भएन, फोहोर भयो भने त्यसले परिवारलाई रोगी बनाउँछ । यी कुरा सबैले बुझेका छन् ।

तर नबुझेका कुरा के भने, भान्साको काम गृहणीले मात्र गर्नुपर्छ । अर्थात छोरी–बुहारीले मात्र भात–भान्साको काम गर्नुपर्छ । मानौ, भान्साको काम छोरी–बुहारीको पेवा हो ।

यो पुरातन मान्यता हो । घर-परिवारमा कामको बाँडफाड सन्तुलित र न्यायोचित ढंगले हुनुपर्छ । यसर्थ छोरी–बुहारीले भात वा भान्साको काम सम्हाल्नु हुँदैन भन्ने होइन । यद्यपी भान्साको काममा परिवारका सबैले मिलिजुली किन नगर्ने ?

श्रीमान्ले सागसब्जी पकाइरहँदा श्रीमतीले अचार बनाउन सक्छिन् । यसमा छोराछोरी पनि सहभागी हुन सक्छन् । सबैले मिलिजुली काम गर्दा भान्साको माहौल रमाइलो हुन्छ । साथसाथै खानामा विविधता पनि ।

सधै एकैथरी हातले पकाएको खानेकुरा स्वादिलो नहुन सक्छ । वा एकैथरी स्वाद हामीलाई मन नपर्न सक्छ । जब परिवारका सबै सदस्यले आ-आफ्नै ढंगले परिकार बनाउँछन्, स्वादमा विविधता आउँछ । खाना पस्कने क्रममा होस् वा खाना खाइरहँदा, एक कसिमको रोमाञ्चकता पनि हुन्छ ।

साथै कुनैपनि खानालाई फरक स्वादमा बनाउन सकिन्छ । थरीथरीको परिकारबाट एकैथरी स्वाद निकाल्न सकिन्छ । खाना पकाउनु आफैमा कला हो । भान्साको काम बोझ होइन, एक कला हो । सीप हो । सीपालु हातले नै मिठो र स्वस्थ्यकर खाना बनाउन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?