१४ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् ।
पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’
नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4