+
+

एमाले सांसदलाई सभामुखले कारबाही नगर्नु संसदकै उपहास : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १४ गते १५:१३

१४ भदौ, भक्तपुर । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टीले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेर सभामुखले संसदको उपहास गरेको टिप्पणी गरेका छन् ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेकाो साक्षात्कारमा उनले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतको केही पक्ष नेपालको राजनीतिलाई अस्थितरतातर्फ धकेल्ने प्रयासमा लागेको भन्दै सभामुखले निर्णयले उनीहरुको पक्षपोषण भएको बताए ।

नेता बस्नेतले सभामुख सापकोटाले नेपाली राजनीति र संविधान पालनाको विषयमा गलत नजीर बसाएको पनि टिप्पणी गरे ।

नेता बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा महागठबन्धनको नाममा अर्को च्याखे दाउ थापेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?