+
+

सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १५:२७
जनमत पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै डा. सीके राउत

१५ भदौ, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो केन्द्रीय सचिवालय जनकपुरधाममा स्थापना गरेको छ । अन्य दलले आफ्नो सचिवालय संघीय राजधानी काठमाडौंमै राख्ने गरेका भए पनि राउतले भने पार्टीको केन्द्रीय सचिवालय जनकपुरधाममा राखेका हुन् ।

मंगलबार एक कार्यक्रमकाबीच अध्यक्ष राउतले सचिवालयको उद्घाटन गरेका छन् । जनकपुरधामको भानुचोकमा रहेको सचिवालय कार्यालयको उद्घाटन गर्दै उनले अधिकार स्थापित गर्ने पहिलो खुड्किलोको रुपमा जनकपुरधाममै केन्द्रीय सचिवालय स्थापना गरिएको बताए ।

स्वराजको आन्दोलनको क्रममा ज्यान गुमाएका राममनोहर यादवको स्मरण गर्दै सचिवालय स्थापना गरिएको जनमत पार्टीले जनाएको छ । यादवलाई शहीद भन्दै अध्यक्ष राउतले उनको सपनालाई साकार पार्नका लागि संघर्षलाई जारी राख्ने बताए ।

पार्टी कार्यालय उद्घाटनपछि कार्यालय प्राङगणमा पार्टीको झण्डोत्तोलन समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?