+
+

हवाई यात्रुले अब फेसशिल्ड लगाउनु नपर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १५ गते १८:२९
फाइल तस्वीर

१५ भदौ, काठमाडौं । आन्तरिक हवाई यात्रामा अनिवार्य गरिएको फेसशिल्डको प्रयोग हटाइएको छ ।

१ सेप्टेम्बर (बुधबार) देखि लागु हुने गरी फेसशिल्डको अनिवार्य प्रयोग हटाइएको वायुसेवा संचालक संघले जनाएको छ ।

संसारभर यात्राका क्रममा फेसशिल्ड प्रयोग नभएको, कोरोना महामारीको संक्रमण केही कम भएको र विमानस्थल परिसरमा फेसशिल्ड जथाभावी फाल्दा फोहोर समेत फैलिएको भन्दै वायुसेवा कम्पनीहरुले फेसशिल्ड वितरण बन्द गरेका हुन् । अनिवार्य फेसशिल्डको प्रयोग हटाई मास्क मात्र लगाए पुग्ने गरी निर्णय गरिएको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानका वायुसेवामा भने मास्क मात्र लगाए पुग्ने व्यवस्था थियो । कोरोना महामारीका बीच हवाई यात्रामा क्रममा संक्रमण नफैलियोस भन्ने उद्देश्यले फेसशिल्ड लगाउनै पर्ने व्यवस्था गरिएको थियो ।

वर्षायामका कारण सडक यातायातमा सास्ती भइरहेका समयमा हवाई यात्रामा यात्रुको चाप अत्यधिक बढेको छ । सोही अनुसार कम्पनीहरुले उडान संख्या समेत वृद्धि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?