+
+
Shares

प्रचण्डको ब्रिफिङ : माधव नेपाल समूह एमालेमा जाने देखिन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १४:०१

१७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठकमा माधवकुमार नेपाल समूह सरकारमा नआउने विश्लेषण सुनाएका छन् । अब मन्त्रालय भागवण्डाबारे फेरि छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही दिन लाग्ने उनले बताए ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टी एकतामा जाने देखिएको भन्दै उनले भनेका छन्, ‘अब यो विषयमा शेरबहादुरजी र उपेन्द्रजीहरुसँग छलफल गर्नुपर्ने भयो ।’

माधव नेपाल समूह सरकारमा आउँदा कसरी मन्त्रालय भागवण्डा गर्ने भनेर गृहकार्य गरेको, तर अहिले परिस्थिति फेरिएकाले थप गृहकार्य गर्नुपर्ने भएको उनले बताएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले जसपासँगै माधव नेपाल समूहलाई पर्खिंदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए । जसपाले आफ्नो निर्णय प्रक्रिया अगाडि बढाएको भन्दै उनले भने, ‘एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूहले आवश्यक निर्णय गर्न केही समय माग्नु भएको थियो । अब उहाँहरुले त्यो निर्णय दिनुहुन्छ दिनु पनि पर्छ । अब धेरै पर्खिने र कामको प्रभावकारीले नकारात्मक असर पार्नु हुँदैन ।’

यसबारे साँझ छलफल हुने भन्दै प्रचण्डले भोलि ३ बजे स्थायी कमिटीको अर्को बैठक राखेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?