+
+

लुम्बिनीका तत्कालीन प्रदेश सांसदको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १८:०२

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतले दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाएको विषयमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई दल त्याग गरेको भन्दै माओवादी केन्द्रले निष्कासन गरेपछि प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएका थिए ।

आफूहरुले दल त्याग नगरेको भन्दै उनीहरुले नेकपा माओवादी केन्द्र, निर्वाचन आयोग, लुम्बिनी प्रदेशसभा सचिवालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । उक्त रिटमा न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

उनीहरुले सांसद पदमा पुनर्वहाली गर्न माग गरेकामा सर्वोच्चले तत्काल अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ । अन्तरिम आदेशका लागि भदौ ८ गते दुवै पक्षलाई छलफलमा बोलाएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएपछि न्यौपाने र पन्थी एमालेमै रहेको भन्दै माओवादी केन्द्रले उनीहरुलाई निष्कासन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?