Comments Add Comment

एन्फाका सहायक महासचिव वसन्त अर्यालले पनि छाडे पद

१८ साउन, काठमाडौं । पछिल्लो समय नेपाली फुटबल अखिल नेपाल फुटबल संघ एन्फाको आन्तरिक विवादका कारण तातिएको छ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको राजीनामा प्रकरण अनl प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङको विवादले अहिले फुटबल माहोल तातिएको छ ।

यसै सन्दर्भमा एन्फाका सहायक महासचिव ववसन्तराज अर्यालले पदबाट अलग हुने निर्णय गरेका छन् । अर्यालले आइतबार एन्फा अध्यक्षलाई सम्बोधन गर्दै पदबाट अलग रहने भन्दै निवेदन लेखेका छन् ।

अर्यालले २०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले आफ्नो विधान संशोधन गरी मनोनित पदहरु खारेज गरेकोले उक्त पदमा रहिरहन विधानत नैतिक संकट परेको हुँदा र अध्यक्षलाई विधान अनुसार काम गर्न सजिलो होस् भनेर पदकबाट अलग रहने घोषणा गरेको उनले जनाएका छन् ।

मुख्य प्रशिक्षक र एन्फा वरिष्ठ उपाध्यक्षबीच हाल संस्थामा देखिएको सामान्य भन्दा सामान्य असमझदारीलाई संस्थाभित्रै छलफल गरी समाधान गर्ने मार्ग प्रस्त भए पनि मन्त्रालयमा यो विषयलाई छानविन गर्न पठाउनु दु:खद भएको उनले पत्रमा उल्लेख गरेका छन् ।

यही विषयमा अर्यालको असन्तुष्टि रहेकोले उनले राजीनामा दिएको संकेत गरेका छन् ।

यसअघि एन्फा कार्यसमितिको आकस्मिक बैठकमा मनोनित पदाधिकारीलाई नबोलाएको भन्दै उपाध्यक्ष शिक्षित पराजुलीले अबदेखि एन्फाको आगामी बैठकमा उपस्थित नहुने जानकारी गराइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment