Comments Add Comment

नाजिर र मुकुनको ‘लभ सर्कल’ टीभीमा रिलिज हुने

वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘लभ सर्कल’लाई टेलिभिजनबाट रिलिज गरिने भएको छ । निर्देशक निरौलाले गतबर्षको लकडाउनमा यो चलचित्र खिचेका थिए । अब, यो चलचित्रलाई डिस होम मार्फत रिलिज गरिने भएको छ । साउन २९ गते डिस होमबाट चलचित्र रिलिज गर्ने जानकारी दिदै यसको निर्माणपक्षले फस्टलुक सार्वजनिक गरेको छ ।

यो चलचित्रको पोष्टरमा कलाकारहरु नाजिर हुसेन, मुकुन भुषाल, पवित्रा आचार्य, रविन्द्र झा, रिस्ता बस्नेत, सुमन कोइरालालाई समावेश गरिएको छ ।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न लागेको निर्देशक निरौलाको तर्क छ । यो चलचित्रले कमेडी र सस्पेन्स थ्रिलर कथालाई बोकेको निर्देशकले जानकारी दिए ।

मी टिभीको प्रस्तुतिमा तयार भएको चलचित्रमा ओम प्रकाश अग्रवाल र रोनश पौडेलको लगानी छ । चलचित्रमा अंकित बाबु अधिकारीको संगीत, अभिमन्यू निरवीको लेखन, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment